काठमाडौं, १ जेठ । थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार आज साँझ ८ः३० को अपडेटअनुसार थप तीन जनामा संक्रमण देखिएको हो । संक्रमितको संख्या २४९ पुगेको छ । नयाँ तीन जना संक्रमितहरुमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, जनकपुर धनुषा निवासी १७ वर्षीया युवती र धादिङ निवासी ३० वर्षीया महिला छन् ।