Logo

कोरोना लागेको तर उपचार नपाएको भन्दै रुदै अन्तर्वार्तामा आए दुबईका नेपाली युवा (अडियोसहित)



काठमाडौं, जेठ २ । दुबईमा कोरोनाभाइरसबाट संक्रमित भएका नेपाली युवाले आफुलाई उपचारको व्यवस्था गरेर बचाउन आग्रह गरेका छन् ।

पत्रकार ऋषि धमलासँग कुरा गर्दै ती युवाले आफुलाई कोरोना लागेको भएपनि उपचार नगराइएकाले आफु मर्न लागेकोभन्दै विलौना गरेका हुन ।

अन्तरवार्ताकै क्रममा रुदै उनले भने, कोरोना लागेको छ,अस्पताल लगिएको छैन, उपचार भएको छैन, मलाई नेपाल लगे म बाँच्ने थिए, यहाँ मलाई कसैले केही गरेको छैन् । उनले आफुलाई कोरोनाका कारण स्वास फेर्न गाह्रो भइरहेको, जोरो आएको, छाती दुखेको छ, घाटी सुख्खा भएको बताउदै आफ्नो अवस्था गम्भीर रहेको जानकारी दिए ।

“घर जान खोजेको एक महिना १५ दिन भयो, कोरोना लागेको रैछ, कसरी लाग्यो थाहा भएन, यहाँ मलाई धेरै पिडा भइरहेको छ, उनले अन्तर्वार्ताका क्रममा भनका छन् । सिराहको मिर्चैया घर बताउने ती युवाले आफ्ना परिवारजनलाई चिन्ता हुने भएकाले आफुलाई केही नभएको भनेर टाँट्ने गरेको पनि जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई आग्रह गर्दै उनले मलाई की नेपाल लैजानु की यही अस्पतालमा उचारको व्यवस्था गरिदिनु, नत्र म मर्छु भनेका छन् ।

उनले दुबईमा रहेको नेपाली दूतवासमा पटक पटक फोन गरेपनि कुनै सहयोग नगरेको र एक दुई दिनमा डाक्टर आउछ भन्ने आश्वासन मात्रै दिने गरेको तर अहिलेसम्म डाक्टर नआएको गुनासो गरे । उनले आफु दुबई आएको २७ महिना भएको र अहिले साथमा एक दुई हजार रुपैया मात्रै रहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्