Logo

चौतर्फी विरोधपछि पछि हट्यो गृहमन्त्रालय, पूर्वराजदम्पत्ती काठमाडौं फर्किदै



काठमाडों, जेठ २ । पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौं फर्कने सवारी पास उपलब्ध भएको छ ।

सवारी पास जारी गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले पास रद्ध गरेको खवर सामाजिक सञ्जालमा आउन थालेपछि गृहको उक्त कदमप्रति चौतर्फी विरोध भएको थियो ।

विरोध बढ्दै गएपछि गृहमन्त्रालय आफ्नो पछिल्लो निणर्यबाट पछि हट्दै प्रक्रिया नपुगेको भनिएको उक्त पासलाई शुक्रबार उपलब्ध गराउने निणर्यमा पुगेकोे हो ।

झण्डै दुई महिना अघि झापा पुगेका पूर्वराजदम्पत्ती लकडाउनका कारण दमकमै रोकिएका थिए । पास उपलब्ध भएसंगै पूर्वराजदम्पत्ती शुक्रबार बिहान दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौं फर्किरहेका छन् । अव उनलाई बाटोमा कुनै अवरोध हुने छैन् ।



प्रतिक्रिया दिनुहोस्