काठमाडौं, जेठ २। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफैंले गरेको उजुरीविरुद्ध अदालतमा बकपत्र गरेको भन्दै तत्कालीन बल्थली खानेपानी उपभोक्ता समितिका अध्यक्ष चेतनाथ भारतीविरुद्ध आयोगलाई असहयोग गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
भ्रष्टाचार जोगाउन खोजेको अभियोगमा उनलाई अख्तियारले ६ देखि १८ महिनासम्मको कैद सजाय माग गर्दै बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । घुस रकम खाएको अभियोगमा पहिला आफैंले आयोगमा उजुरी दिएर पछि बचाउने उद्देश्यले अदालतमा बकपत्र गरेपछि अख्तियारले अनुसन्धान गरेर उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
२० पुस २०७६ मा भारतीले विशेष अदालतमा साक्षी निवेदन बकपत्रको क्रममा आयोगमा आफंैले दिएको उजुरीको विपक्षमा बकपत्र गरेका थिए । खानेपानी समितिका अध्यक्ष भारतीले खानेपानी आयोजनाको काम सम्पन्न भएपछि बिल पास गरिदिएबापत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलका इन्जिनियर शेखरनाथ खनालले घुस लिएका भन्दै उजुरी गरेका थिए ।राजधानी दैनि