एजेन्सी, २ जेठ । चीनले विवादास्पद साउथ चाइना सीमा सैन्य उपस्थिति र सक्रियता बढाएको छ । उसले योंग्सु रीफमा ए डब्लू, पनडुब्बी लगायतका विमानहरु स्थापना गरिरहेको जनाइएको छ । उक्त क्षेत्रमा अमेरिकाले आफुनो गतिविधि बढाइरहेको कारण चीनले आफ्ना विमानहरु तैनाथ गरेको बताइएको छ ।
चीनलगायत फिलिपिन्स, भियतनाम, जापानलगायतका देशहरुले दाबी गरेको साउथ चाइना सी स्रोतले सम्पन्न ठाउँ मानिन्छ । उक्त क्षेत्रमा चीनले आफ्नो सीमा बल खडा गर्ने अधिकार रहेको दाबी गर्दै आएको छ ।
चीनले चिनियाँ पीपुल्स लिबरेशन आर्मी (पीएलए), प्रारम्भिक चेतावनी दिने विमान, समूद्री गस्ती विमान र विरोधी पनडुब्बी विमानहरु स्थापना गरेको छ । तीव्र रुपमा अमेरिकाले आफ्नो आधुनिक विमानहरुको गतिविधी निरन्तर रुपमा बढाइरहेको छ । त्यसपछि चीनले उक्त कदम चालेको जनाइएको छ । साउथ चाइना सीमा चीनले आफ्नो सुरक्षा निकायलाई बलियो र आवयक लागेर विमान थपेको जनाइएको छ । चीनले थालेको कादममा कुनै प्रकारको अन्तराष्ट्रिय कानून नलाग्ने समेत चिनियाँ रक्षा मन्त्रालयले दाबी गरेको छ ।
विश्व कोरोना भाइरससँग जुधिरहँदा चीन र अमेरिकाबीच प्रतिष्पर्धा बढेको छ । दुवै देशले सैन्य उपस्थिति र सक्रियता बढाइरहेका छन् ।