Logo

नेकपा सचिवालय बैठक सम्पन्न : नीति तथा कार्यक्रमबारे छलफल, स्थायी कमिटी बैठक बोलाउनेबारे कुरा भएन



काठमाडौं, २ जेठ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले आज अपरान्ह ४ बजे संसदको संयुक्त बैठकमा पेस गर्ने सरकारको नीति तथा कार्यक्रममा राख्नु पर्ने केही सुझाव भए दिन सचिवालय सदस्यसँग आग्रह गरेको र सदस्यहरुले आ आफ्नो सुझाव दिएको बुझिएको छ ।

बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले सुझाव मागेको बताए। उनकाअनुसार आजको बैठकमा पार्टीको स्थायी कमिटी बैठक बोलाउनेबारे कुनै छलफल भएको थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्