काठमाडौं, २ जेठ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले कोरोनाको जोखिम बढेसँगै गृहमन्त्रालयले लकडाउन कडाईका साथ लागु गर्न अन्तर जिल्ला र जिल्लाभित्रको पास रद्द गरिएको स्पष्ट पारेका छन् । तर, अत्यावश्यक सेवाको लागि भने सरकारले कुनै अवरोध नगर्ने उनको भनाई छ । बिहीबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।