Logo

लकडाउन प्रभावकारी नहुँदा संक्रमणका केशहरु देखिए : मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्की(भिडिओसहित)



काठमाडौं, २ जेठ । कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  विज्ञ डा. सल्लाहकार खेम कार्कीले सरकारले लगाएको लकडाउनको प्रभावकारी कार्यान्वयन नहुँदा पछिल्लो समय कोरोना भाइरसको संक्रमणका केशहरु देखिएको स्पष्ट पारेका छन् ।

बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने-“लकडाउन प्रभावकारी नभएकै कारण कोरोना संक्रमणको केशेस बढेको हो भन्ने कुरा एउटा प्रमाण हो । जतिपनि केशहरु छन्, त्यो खुल्ला सीमानाका कारण, हुन त हामीले जुन आधिकारिक सीमाको ढोका थियो, त्यो लक गर्यौं, अरु थुप्रै ढोकाहरु छन्, जुन हामीले लक गर्न सक्दैनौं । अहिले पनि सक्दैनौं । र, भोलि पनि सक्दैनौं । स्थानीय सरकार र जनताले कोही पनि मान्छे बाहिरबाट आए भने एकदमै निगरानीमा राख्नुभएको छ। क्वारेन्टिनमा राख्नुभएको छ । उहाँहरुको त्यो सक्रियताका कारण चेकजाँच भयो ।”

प्रा.डा. गोविन्द पोखरेलले पनि सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेका लकडाउन लगायतका कार्यक्रमलाई राम्रो साथ दिएको र यसलाई कार्यान्वयन गर्न र गराउन पार्टी पँक्तिलाई परिचालन गरेको सुनाए ।



प्रतिक्रिया दिनुहोस्