काठमाडौं, जेठ ३ । शुक्रबार नयाँ फेला परेका दाङका कोरोना संक्रमित काठमाडौंस्थित टिचिङ अस्पतालका कर्मचारी रहेको खुलासा भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ खर्चवा गाउँका ३४ वर्षीय संक्रमित पुरुष महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत रहेको जनाइएको छ ।
त्यस्तै, शुक्रबार नै दाङमा अन्य दुई जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुद्वय भारतबाट नेपाल आएको खुल्न आएको छ ।