पाँचथर, जेठ ३ । फालेलुङ गाँउपालिकाको आहाल भन्ने ठाँउमा निर्माण गर्न खोजीएको संग्रालय भवन निर्माणमा भारतीय सुरक्षकर्मीले रोकेपछि माहोल केहि तातिएको छ । नेपाली भुभिमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेको भन्दै चासो र चिन्ता बढेको देखिन्छ ।
यस किसिमको अवरोध भारतीय सिमा सुरक्षा बल (एसएसवि)ले विगत पटक–पटक गरेको पाईन्छ । उच्च पहाडी क्षेत्रमा भएको सिमानामा नेपाल तर्फ दरबिलो सरकारी उपस्थीति नहुँदा सिमा आसपासका क्षेत्रमा बढि अवरोध पु¥याउने गरेको छ ।
भारततर्फ सिमानै जोडिएकै ठाँउमा सडक, घर लगायका पूर्वाधार छन् । तर नेपाल तर्फ दशगजा कटाएर निर्माण गर्दा पनि अवरोध गर्ने गरेको पाईन्छ । सन्दकपुरमा बनाईने भ्यूटावर बनाउदा अवरोध गरेका थिए । आहालमै केहि बर्ष अगाडी भ्यू टावर बनाउने काम भारतीय सुरक्षाकर्मीले रोक्न खोजेका थिए ।
यस्ता अवरोधहरु सिमा क्षेत्रमा पटक पटक हुने गरेका छन् । सिमाक्षेत्रमा पर्ने फालोटसम्म भारततर्फ सडक छ । कतिपय ठाँउमा दशगजा नदिकै भारतले पूर्वाधार बनाएको छ । तर नेपाल तर्फ भने दशगजा कटाएर निर्माण गर्दापनि अवरोध हुने गरेको छ ।
सिमा आसपासका आर्कषक पर्यटकिय गन्तव्यहरुमा पूर्वाधारका कामहरु गर्न खोज्दा भारतीय सुरक्षाकर्मीले रोक्न गरेका छन् । नेपाल तर्फ पदमार्ग निर्माणका क्रममा समेत केहि पटक अवरोध पु¥याएको देखिन्छ । नेपालीहरुले पनि भारत तर्फकै सडक प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । गत बर्ष नेपाल तर्फ निर्माण समाग्रि ल्याउन पनि रोक लगाएको थियो ।
मेची पहाडी क्षेत्र पर्यटन विकास समितले सिमा क्षेत्रमा काम अघि बढाउदा समय समयमा अवरोध हुने गरेको आजको नागरिक दैनिकमा खवर छ ।