Logo

मानव धर्म सेवा समितिद्वारा चार हजारलाई निःशुल्क भोजन



चिप्लेढुङ्गा, ३ जेठ : नेपाल मानव धर्म सेवा समिति पोखरा गण्डकी प्रदेशले बन्दाबन्दीका कारण समस्यामा परेका करिब चार हजार जनालाई निःशुल्क भोजन उपलब्ध गराएको छ ।

बन्दाबन्दीले मजदुरी गर्ने परिवारमा हातमुख जोर्ने समस्या देखिन थालेपछि समितिले वैशाख १५ गतेदेखि निःशुल्क भोजन वितरण शुरु गरेको आश्रमकी गण्डकी प्रदेश प्रभारी महात्मा पिताम्बरा बाइजीले जानकारी दिए । उनले पोखरा–२६ मा रहेको सत्लोक आश्रम र श्रीहंश सनातन मन्दिर पोखरा–११ रानीपौवाबाट दैनिकरूपमा भोजन वितरण गरिँदै आएको बताए ।

भोजन वितरण कार्यक्रम संयोजक ओम उपाध्यायले वैशाख १५ देखि जेठ २ गतेसम्म चार हजार जनालाई भोजन वितरण गरेको जानकारी दिए । उनको अनुसार उक्त कार्यका लागि दैनिक २० जनाले स्वयंसेवकका रूपमा सहयोग गर्दै आएका थिए । मानवीय सेवाका लागि संस्थाका सदस्य एवं सहयोगी मन भएका सङ्घसंस्था तथा व्यक्तिहरुले खाद्यान्न सामग्री उपलब्ध गराएर सहयोग गरेका थिए । विषम परिस्थितिमा केही संस्थाहले त्यहाँ पकाएको खाना समस्यामा परेका व्यक्तिलाई उनीहरुकै घर एवं बासस्थान लगेर समेत सेवा गर्दै आएको उपाध्यायले बताए ।रासस



प्रतिक्रिया दिनुहोस्