Logo

भारतीय सेनाध्यक्षलाई नेपालले दियो कडा चेतावनी, नेपाली सेना अब लिपुलेक जान्छ (भिडिओसहित)



काठमाडौं, ३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरभानेले भारतले लिपुलेकमा बनाएको सडकबारे गरेको पछिल्लो अभिव्यक्तिमा गम्भिर आपत्ति जनाएका छन्। उनले आफूहरुले बिना तथ्य, बिना प्रमाण लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको हो भनेर नभनेको भन्दै नेपालको हो भन्ने कुरा यथेष्ट प्रमाण भएको स्पष्ट पारे । ‘सुगौली सन्धिदेखि र त्यसभन्दा पछाडिदेखि पनि जुन प्रमाणहरु छन्, त्यो नेपालको हो भनेर हामीले भनेको हो ।’-उनले थपे ।

शुक्रबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपालले अरु कसैको ईशारामा भारतले लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाएकोमा विरोध गरेको भनेर भारतीय सेनाअध्यक्षले हिजोमात्रै टिप्पणी गरेका थिए । उनको अभिव्यक्तिलाई लिएर नेपालमा आलोचना र विरोध भैरहेको छ । उनले भने, हामी सम्पूर्ण प्रमाण अघि राखेर भारतसँग डाईलग गर्न तयार छौं भनेका छौं । भारतले समय दिनुपर्यो भनेका छौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद रामबहादुर विष्टले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमी भनेर राष्टपति विद्यादेवी भण्डारीले संसदमै बोलिसकेकोले भारतीय सेनाध्यक्षले बोलेको कुरामा उनी मर्यादाक्रमले पनि राष्टपतिभन्दा तल रहेको बताए । कुटनीतिक रुपमा वार्तामार्फत नेपाली भूमि फिर्ता ल्याउनेबारे वर्तमान सरकारले राम्रो कदम नचालेको र विगतका सरकारले गरेका राम्रो कामको फलोअप नगरेको उनको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्