Logo

कांग्रेस सांसद विष्टको माग : नेपालले चीनसँगपनि वार्ता गर्नुपर्छ, नेपाललाई धोका दिएको देखियो (भिडिओसहित)



काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमी भएको बताउँदै चीनले भारतसँग लिपुलेक हुँदै व्यापार खोल्ने विषयमा किन सम्झौता गरेको भनेर प्रश्न उठाएका छन् । उनले नेपालको भूमीमा भारतले सडक बनाएको भन्दै आपत्ति जनाए । उनले भने-“त्यो बेलासम्म सरकार किन चुप लागेर बसेको भन्छु म ?सरकारलाई होईन म धन्यवाद त मिडियालाई दिन चाहन्छु । मिडियाले यो कुरा बाहिर ल्याईदियो । हामी कसैलाई थाहा थिएन । उद्घाटन गरेको कुरा समेत मिडियाले ल्यायो नि । सरकारले भनेको हो र यो कुरा ? सदनमा जानकारी गराएको छ र ? छैन नि । प्रधानमन्त्रीले अघिल्लोपटक के भन्नुभयो भन्दापनि ताजा कुरा कहिले बाटो खन्यो ? मलाई थाहा भएन भन्नुभयो । त्यो भन्न मिल्छ ? अनि हाम्रो परराष्टमन्त्रीले मैले त जानकारी गराएको थिएँ भन्नुहुन्छ ।”

उनले चीनले नेपाललाई धोका दिएको देखिएको दाबी गरे । उनले भने-“उसले त्यो बेला कुरा सुनेन नि ।” उनले चिनियाँ मिडियाले सगरमाथा चीनको भनेर लेखेको कुरा बाहिर आएको सुनाउँदै यदि यो सत्य हो भने दुर्भाग्य भएको टिप्पणी गरे । उनले भने-“मिडियामा मैले पनि सुनें । सगरमाथा हाम्रो हो भन्न थाले । नेपाल कमजोर छ भने भारत पनि पेल्ने । चाईनाले सगरथामा पनि लिन खोज्ने यो त झन दुर्भाग्य भयो नि यो । यदि हो भने, मिडिया गलत हुन भने मलाई थाहा छैन् । मिडियाले पनि जथाभावी बोल्नुभएन नि आखिरी । चाईनिज मिडिया भनेको पनि सम्मानित नै हुनुपर्यो । नेपाली मिडिया भनेको पनि सम्मानित हुनुपर्यो । सही कुरा, तथ्यगत कुरा ल्याउनुपर्यो । जथाभावी कुरा ल्याउनु त भएन ।”



प्रतिक्रिया दिनुहोस्