काठमाडौं, ३ जेठ । काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक सुत्केरीको आज (शनिबार) निधन भएको छ । निधन भएकी ती महिलालाई कोभिड-१९० सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको शुक्रबार साँझ मृत्यु भएको हो । निधन भएकी ती महिला सिन्धुपाल्चोक जिल्लाको बाह्राविसे नगरपालिका वडा नम्बर ९ निवासी हुन् ।
गत वैशाख २३ गते उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर वैशाख २५ मा डिस्चार्ज भएको अस्पताल स्रोतले जनाएको छ । उनी घर फर्किएपछि बिरामी परेकी थिइन्। उच्च ज्वरो आएर बिरामी परेपछि उनलाई धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो। घर पुगेपछि ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उनलाई धुलिखेल अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। र, उनको उपचारकै क्रममा निधन भएको थियो । निधन भएकी ती महिलामा कोरोना भाइरसको आशंकामा पिसिआर परीक्षण गर्न धुलिखेल अस्पतालले टेकु पठाएको छ। File Photo