काठमाडौं, ३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । सरकारले नीति तथा कार्यक्रम जारी गर्ने भोलिपल्ट प्रमुख प्रतिपक्षी दलको बैठक बसेको हो । बैठक आज अपरान्ह एक बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा बसेको हो । त्यसको भोलिपल्ट बस्ने कांग्रेस संसदीय दलको बैठकले समसामयिक राजनीतिका साथै सरकारको नीति तथा कार्यक्रमका विषयमा पनि आफ्नो धारणा बनाउने एक सांसदले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमले अहिलेको प्राथमिकीकरण गर्न नसकेको कांग्रेसको आरोप छ । संसद भवन परिसरमै कांग्रेस सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रम महाकाव्यजस्तो र पूरानै कार्यक्रमहरु निरन्तरता दिईएको टिप्पणी गरेका छन् ।
डा. मिनेन्द्र रिजालले त सरकारले संञ्जिबिनी बुटी ल्याउनुपर्नेमा पूरै पहाड नै बोकेर ल्याएको जस्तो नीति तथा कार्यक्रम भएकोले बताएका छन् । उनले कांग्रेसले नीति तथा कार्यक्रममा संशोधन हाल्नेसमेत जनाएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम