Logo

नीति तथा कार्यक्रमबारे छलफल गर्न ११ बजे संसदको बैठक बस्दै



काठमाडौं, जेठ ४ । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा आजबाट छलफल सुरु हुन लागेको छ छलफलका लागीआज बिहान ११ बजेदेखि बस्नेगरी संसदको बैठक बोलाइएको छ ।

यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नुभएको थियो । कोरोना संक्रमणका कारण यस वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको छ । आज र भोली दुई दिन छलफल गरेर पर्सी प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

संसदीय प्रचलन अनुसार सबैभन्दा पहिले प्रतिपक्ष दलको नेताले नीति तथा कार्यक्रममा आफ्नो दलको धारणा राख्ने छन् । त्यसपछि नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएका सांसदहरुले आफ्ना धारणा राख्नेछन् ।

नीति तथा कार्यक्रममा धारणा राख्न चाहने सांसदहरुको नामावली दलहरुले सभामुखलाई उपलब्ध गराउने र बैठकमा सभामुखले ती सांसदहरुलाई बोल्न दिने प्रचलन रहेको छ । अघिल्ला बैठकहरुमा बोल्न नपाएको भन्दै सांसदहरुले आक्रोश पोखेका थिए ।



प्रतिक्रिया दिनुहोस्