Logo

नेकापा नेता शंकर लामाको संयोजकत्वमा मेलुङवासीको उद्धार, शर्मा एक्लैले गरे ३५ लाख खर्च



काठमाडौं, ४ जेठ । काठमाडौं रहेका मेलुङ गाउँपालिकाबासीलाई ने.का.पा. नेता शंकर लामा संयोजक र युवा नेता विदुर शर्मा अर्थिक संयोजक रहेको कोरोना भाइरस विपद व्यवस्थापन समितिले राहत सामग्री वितरण गरेका छन् ।

समितिले बैशाख २८ गते देखि आजसम्म काठमाडौंमा रहेका ८ सय २८ परिवार मेलुङबासीलाई सरकारले तोकेको मापदण्डअनुसार राहत वितरण गरेको कोरोना भाइरस विपद व्यवस्थापन समितिका सदस्य लोप्साड० लामाले जानकारी दिए ।

आर्थिक संयोजक शर्माका अनुसार लकडाउनमा परेका काठमाडौंमा रहेका प्रति परिवार ३० किलो चामल, २ किलो दाल, एक लिटर तेल र एक पोका नून प्रदान गरिएको हो ।नाम टिपाएका ८ सय २८ परिवारलाई राहत वितरण गर्न १५ लाख रुपैयाँ लगेको आर्थिक संयोजक तथा जिल्ला समन्वय समिति दोलखा सदस्य शर्माले जानकारी दिए ।

उनका अनुसार सम्पुर्ण खर्च आफै बेहोर्ने छन् । शर्माले यसअघि काठमाडौंमा अलपत्र परेको मेलुङबासीलाई गाउँ फर्काउने अभियानमा २० लाख ६० रुपैयाँ सहयोग गरेका थिए । शर्माले यस विपदको बेलामा मेलुड० बासीको उदारमा ३५ लाख रुपैया खर्च गरिसकेको लोप्साड० लामाले जनकारी दिए । राहत वितरण कार्यक्रममा पूर्वमन्त्री आनन्द पोखरेल, पूर्व राज्यमन्त्री देवी खड्का, वागमती प्रदेशका सांसद पशुपति चउलागाई , वागमती प्रदेशका सांसद विशाल खड्का, नेकपा मेलुङ गाउँपालिका इञ्चार्ज रवीन्द्र कार्की , नारायण मगर युवा नेताहरु शैलेंद्र खड्का, छिरिड० लामा ,बसन्त लामा, बसु भन्डारी सज्जन लामा लोप्साड० लामा लगायत रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्