काठमाडौँ ४ जेठ। नेपालमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। कोरोनाबाट मृत्यु भएकी पहिलो नेपाली महिला सुत्केरी भएर फर्किए पछि डेरामा बसेको क्षेत्रलाई सिल गरिएको छ । उनको निधन धुलिखेल अस्पतालमा भएको थियो।
कोरोनाका कारण मृत्यु पुष्टि भएसँगै क्न्ट्याक्ट ट्रेसिंग गर्ने क्रममा ति महिला बसेको आफन्तको डेरा,काठमाडौंको टोखा क्षेत्र सिल गरिएको हो ।नगरपालिकाको वडा नं ९ मा पर्ने काभ्रे डेरीदेखि अरुण डेरीसम्मको क्षेत्र सिल गरेको टोखा नगरपालिकाले एक सुचना जारी गर्दै जनाएको छ ।