काठमाडौं, ४ जेठ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण बढ्नुमा भारतबाट आएका नेपालीहरुका कारण नेपालमा कोरोनाको संक्रमण फैलिएको टिप्पणी गरेका छन् । उनले नेपालमा अहिले उदयपुर, पर्सा, बाँके र कपिलवस्तुमा कोरोनाको प्रकोप नै देखिएको पनि खतरा औंल्याए ।
नेपालमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकार चुकेको उनको गुनासो छ । उनले भने-‘सरकारले मिडियामार्फत देशव्यापी रुपमा कोरोनाबारे जनचेतना फैलाउन सक्दथ्यो । तर, त्यतातिर ध्यान दिएन् । सबैभन्दा ठूलो कुरो मानवीय व्यवहारमा परिवर्तन गर्नु हो । हामीले त्यो गराउन सकेनौं । तीन तहका सरकारबीच समन्वय भएको देखिएन । व्यापक रुपमा टेष्ट गर्नुपर्दथ्यो । अहिले त हामीले सामूदायिकस्तरमा परीक्षण गराउनुपर्नेथियो ।’