काठमाडौं, ४ जेठ । इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाका प्रमुख डा. वासुदेव पाण्डे टेष्टको दायरा बढ्नु र भारतबाट नेपालीहरु आउनेको संख्या बढेसँगै पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको स्पष्ट पारेका छन् । उनकाअनुसार पछिल्लो समय दैनिक तीन चार सय जना मानिस चेकजाँचको लागि टेकुमा लाईन बस्ने गरेका छन् । उनले सरकारले कालिमाटी तरकारी पसलमा १०३४ जना र सफाई कर्मचारीहरुलाई पनि परीक्षण गरिसकेको सुनाए ।
उनले भने-“सञ्चारकर्मीहरुको पनि गर्छौं । सुरक्षाकर्मीहरुको पनि गर्छौं ।” काठमाडौं उपत्यकामा दुई चार जनाभित्र जोखिममा रहेका दश हजार मानिसको कोरोनाको परीक्षण गर्ने पनि उनले सुनाए ।