Logo

लकडाउन दश दिन थप्न उच्चस्तरीय समितिको सिफारिश, मन्त्रिपरिषदले अनुमोदन गर्दै



काठमाडौं, ४ जेठ । भर्खरै सम्पन्न उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन थप दश दिन थप्ने निश्कर्ष निकालेको छ । अहिले केही बेरमा सुरु हुने मन्त्रिपरिषद बैठकले लकडाउन कडाई गर्ने र थप्नेबारे निर्णय गर्दैछ ।

समितिले मन्त्रिपरिषद बैठकमा दश दिन लकडाउन थप्ने सुझाव दिएको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । गत चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउन सरकारले पछिल्लो पटक भोलि सोमबार जेठ ५ गतेसम्मका लागि थपेको थियो । समितिको बैठकमा सहभागी ती मन्त्रीका अनुसार अब लकडाउन थप्नुको विकल्प नभएकोले समिति दश दिन लकडाउन थप्ने निश्कर्षमा पुगेको हो । File Photo



प्रतिक्रिया दिनुहोस्