दक्षिण अफ्रिकामा दुध राख्ने प्लास्टिकको बोतलहरुमार्फत रोडहरु निर्माण भइरहेको छ । प्लास्टिक स्वतह विघटन(डिकम्पोज) नहुने कारण यसको प्रयोग गर्न थालिएको हो ।
प्लास्टिक नष्ट नहुँदा विश्वनै यसको मारमा परि रहेको छ । यसले पुर्याउने क्षतिले भविषयमा ठूलो चुनौती सामना गर्नेछ । त्यसकारण यसलाई पुनः प्रयोगमा ल्याउन देशहरुले उपयुक्त लाग्ने गरी प्रयोगमा ल्यारहेका छन् । विभिन्न देशहरुले प्लास्टिकलाई ईटा, इन्धन र कपढा समेत बनाउने गर्दछन् । दक्षिण अफ्रिकाले भने रोडनै बनाउन उपयुक्त ठानेका छन् ।
प्लास्टिकबाट बनेको रोड लामो समयसम्म टिक्ने र पानीले समेत यसलाई असर नपुर्याउने विज्ञहरुले बताउँछन् । निर्माण गरिएको रोड निकै प्रभावकारी र साकारात्मक भएको निर्माण गर्ने कमपनलिे जनाएको छ । यसको आयु कम्तिमा २० वर्षसम्म हुने कम्पनीले जनाएको छ । उक्त राडको परिक्षण डर्बनको क्लिपडेलमा करिब ४०० मिटरमा गरिएको छ । ४०० मिटर निर्माण गर्दा ४० हजार प्लास्टिक बोतल प्रयोग भएको जनाइएको छ । एजेन्सीको सहयोगमा