एजेज्सी, ५ जेठ । निर्माणाधिण क्रममा रहेको मस्जिदलाई अझ शक्तिशाली बनाउन मुस्लिम धर्माबलम्बीहरुले हिन्दु बालकको बलि दिएको चर्चा चलेको छ । आप इन्डियाले यो समाचार छापेपछि भारतभरको मिडियोका ध्यानाकर्षण भएको छ ।
निर्माण भइरहेको मस्जिदमा कुनैपनि गैर मुस्लिमकोे बलि चढाएमा मस्जिद झन् शक्तिशाली र प्रभावकारी हुन्छ भन्ने मान्यता उक्त क्षेत्रको मुस्लिम धर्माबलम्बीहरुको रहेको खबर छापिएको छ । त्यसकारण मस्जिदमा उपस्थित मौलानाले बालकको बलि दिएको भन्दै पीडित बालकका बाबुले उजुरी दिएका छन् ।
घटना झारखण्ड राज्यको गोपालगन्ज जील्लाको कटेया गाउँको हो । २९ मार्चका दिन कटेया गाउँस्थित मस्जिदमा बली चढाएर बालकको शवलाई नदि किनारमा फालिएको आरोप बालक परिवारले लगाएका छन् । बालकको परिवार अनुसार २८ मार्चमा छ जना मुस्लिमहरुले आफ्नो छोरालार्ई जबरजस्ती क्रिकेट खेल्न लगेपछि उक्त घटना घटेको बताएका छन् । बालकका परिवारले घटनापछि कटेया पुलिस थानामा छ जनामाथि रिपोर्ट लेखाउने क्रममा पुलिसले समेत उक्त घटनालाई दबाउन खोजेको र आफूहरुले धम्कि समेत बेहोर्नु परेको भन्दै बालकका परिवार आरोप लागाएका छन् । साथै मुद्दा दर्ता नगराउने सर्त वापत पुलिसले ८ लाख भारु रुपैया घुस खाएको आरोप लगाए ।
बालकको परिवारको सुरक्षा निकायबाट समेत न्यान नपाएपछि उनीहरु आफ्नो सुरक्षाका लागी गाउँबाट पलायन भएर उत्तर प्रदेश राज्यको देवरियामा शरण लिएको बसेका छन् । बिहार सरकारलाई निरन्तर पिडित परिवारले न्यायको गुहार गरिरहका छन् ।
गाउँका समाजले निरन्तर दबाब बनाएपछि रिपोर्ट थानामा छ जनामाथि दर्ता गराइएको छ । त्यसमध्ये तीन उमेर पुगेका र तीनजना आरापी नाबालक रहेको जनाइएको छ ।Photo Source : opindia