Logo

ग्राण्डी अस्पतालका अध्यक्ष कुँवर भन्छन् : हामी कोरोना संक्रमण भएकाको पनि उपचार गर्छौं, कुनै कसर बाँकी राख्दैनौं (भिडिओसहित)



काठमाडौं, ५ जेठ । ग्राण्डी ईन्टरनेश्नल हस्पिटलका अध्यक्ष दिपक कुँवरले कोरोनाको कारण विश्वभरिको अर्थ व्यवस्था ध्वस्त भएको र त्यसको असर नेपालमा पनि परेको बताउँदै आफूहरु क्राईसिस म्यानेजमेन्ट गर्दै अघि बढिरहेको स्पष्ट पारेका छन् । उनले भने-‘आज देश क्राईसिसमा छ । यो बेलामा सबैको सहमति, सहकार्य र सद्भाव आवश्यक छ । कसैले कसैमाथि ब्लेम लाउने समय छैन् । ग्राण्डीमात्रै होईन, कुनैपनि हस्पिटलले आ आफ्नो लेभल र क्षमताले भ्याएसम्म पूर्वतयारी र कोरोनाको लागि के गर्न सकिन्छ ? जनताको लागि के गर्न सकिन्छ ? आज अस्पताल व्यवसायीहरुले आफ्नो तर्फबाट तर एउटा बिडम्बना भनौं अथवा के भनौं ? हामीकहाँ पर्याप्त रुपमा सामान छैन् । हाम्रा आदरणीय डक्टर र नर्सहरुलाई म सम्मान गर्न चाहन्छु । यसको बावजुदपनि डटेर काम गरिरहनुभएको छ । यसै सन्र्दभमा ग्राण्डीमा पनि हामीले आईसोलेशन बेडहरु राखिराखेका छौं । आईसियूमा भेन्टिलेटरको सुविधा छ ।’

उनले आफ्नो अस्पतालमा कोरोना संक्रमण भएकाहरुको पनि उपचार भैरहेको सुनाए । उनले भने, हामीले त राज्यसँग सहकार्य गरेर काम गरिरहेका छौं । राज्यले दिएको निर्देशनअनुसार सुरुदेखि नै हामीले काम गरिरहेका छौं । ग्राण्डीले कोरोनाको आशंका भएका विरामीहरुको उपचार गर्न नमानेको भनेर यसअघि आएका समाचार शतप्रतिशत गलत भएको उनको दाबी छ । भुकम्पको बेलामा अस्पताल परिसर अर्थात भवन बाहिर राखेर करिब ६ करोडको निःशुल्क उपचार गरेको उनले स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्