काठमाडौं, जेठ ६। उद्योग तथा आपुर्तिमन्त्री लेखराज भट्टले एमसीसी र इन्डोपेसिफीकलाई जोड्नु बुझाइमा कामजोरी भएको टिप्पणी गरेका छन्। उनले एमसीसी प्रस्ताव आफुलाई ठिक लागेको र राम्रोसँग नबुझेकाले मात्रै त्यसको विरोध गर्ने गरेको बताए।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा कुराकानी गर्दै उनले सरकारको नीति तथा कार्यक्रममा एमसीसीको बारेमा उल्लेख नभएको समेत दावी गरेका छन्। बाटो बनाउने, विद्युत सेवा विस्तार गर्ने योजनामा एमसीसीको गन्ध आयो भन्नु भ्रमण मात्रै भएको उनको भनाई रहेको छ ।
नेकपाकै अर्का नेता भिम रावलले नीति तथा कार्यक्रममा एमसीसीका कार्यक्रमहरुलाई समेटिएको भन्दै आपत्ति जनाइरहेका बेला भट्टले त्यसको खण्डन गरेका हुन् । सुदुरपश्चिमबाट केन्द्रीय राजनीतिमा रहेका भट्टले सुदुरपश्चिमकै अर्का केन्द्रीय नेता रावलप्रति कटाक्ष गर्दै पुर्वाग्रह राखेर राष्ट्रवादी नभइने टिप्पणी गरे ।
उनले केही नेताहरु कुण्ठा र पुर्वाग्रहबाट ग्रसीत भएर आफुलाई राष्ट्रीयतावादी र लोकप्रियतावादी देखाउन खोजेको आरोप पनि लगाए। उनले प्रतिप्रश्न गर्दे भने, ‘मोटर ल्याउने तर बाटो नबनाउने भन्ने हुन्छ र ?’