Logo

बालुवाटार गिरबी राखेर भएपनि विदेशमा फसेका नेपालीहरुलाई स्वदेश ल्याउनुपर्छ : पन्त (भिडिओसहित)



काठमाडौं, ६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता लक्ष्मण पन्तले प्रवासमा रहेका नेपालीहरुलाई सरकारले उद्धार गर्ने स्पष्ट पारेका छन् । त्यसका लागि विमान समेत चार्टर गरिने उनले जनाए । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विदेशमा फसेकाहरुलाई सरकारले जस्तोसुकै मुल्य चुकाएर भएरपनि स्वदेश फिर्ता गर्नुपर्ने बताए । उनले भने-“बरु, त्यसको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार नै किन गिरबी राख्न नपरोस, उहाँ बरु सामान्य घरमा बसेर भएपनि विदेमा फसेकाहरुलाई स्वदेश फिर्ता ल्याउनुपर्छ । चाहे १५ खर्ब नै खर्च गरोस् ।”



प्रतिक्रिया दिनुहोस्