काठमाडौं, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मातृभुमिभन्दा ठूलो केही नहुने स्पष्ट पारेका छन् । उनले भने-“मातृभुतिभन्दा ठूलो केही हुँद्यैन् । चाहे विदेशीले भनुन अरुको उक्साहटमा लागेर बोल्यो भन्ने कुरा नेपाल राष्टलाई होच्याउने र अपमान गर्ने कुरा हो । नेपाल राष्ट्र गुलामीलाई कहिल्यै स्विकार नगरेको । दासता अस्व्किार गरेको हो । कसैको उक्साहट र बहकावमा चल्दैन् । म बुझनेगरि भन्दैछु ।”
नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिनिधिसभामा आज जवाफ दिँदै प्रधानमन्त्री ओलीले सरकारले नेपालको नयाँ राजनीतिक नक्सा तयार गरेसँगै यसले नेपालको मानचित्रमा परिवर्तन आएको उल्लेख गरे । उनले भने,’अहिलेको सरकारले राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमानको प्रतिनिधित्व गर्दछ । कसैको दबाबमा भन्ने प्रश्न अहिलेको सन्दर्भमा यो प्रश्न कसरी सोध्नुभयो ? कसरी सोध्न सक्नुभयो । मलाई अचम्म लाग्छ । अलिकति प्रश्न गर्नपनि मिल्ने खालको अलिक भएन की ? तपाई हामीसँग र म दावा गर्न चाहन्छु । संसदको भावनाको प्रतिनिधित्व् यो सरकार गर्छ । जनताको प्रतिनिधित्व थलो हो ।”
“हामी सत्य र न्यायको पक्षमा छौँ । हामी भारतसँग कुरा गरेर हाम्रो कूटनीतिक वार्ताका माध्यमबाट भूमि फिर्ता गराउनेछौँ ।” मन्त्रिपरिषद्को बैठकले पास गरेको नेपालको नयाँ नक्सालाई सरकारी छाप, निशान र पाठ्यक्रम आदिमा परिवर्तन हुने पनि उहाँले स्पष्ट गरे । प्रधानमन्त्री ओलीसँग सांसदको प्रश्नोत्तरको क्रम जारी छ ।