एजेन्सी, ६ जेठ । बँगालको खाडीबाट बढिरहेको ठुलो चक्रवात उमपन भारतको पश्चिम बँगाल र उडिसा राज्यको समुन्द्र किनारतर्फ बढिरहेको छ । अबको केही घन्टाभित्र यो निकै खतरनाक बन्ने भारतको मौसम पूर्वानुमान विभागले जनाएको छ ।
चक्रवात १४ किलोमिटर प्रतिघन्टाको दरले समुन्द्री किनारतर्फ बढिरहेको छ । यो उडिसाको किनारमा पुग्दा ५७० किलोमिटर प्रतिकिलोमिटर वेगको हुनेछ । पश्चिम बँगालको दिगामा पुग्दा ७२० र बँगलादेशको खेपुपारा पुग्दा ८४० किलोमिटर प्रतिघन्टा वेगको हुनेछ ।
चक्रवात ७ जेठको साँझसम्म पश्चिम बँगालको दिगामा पुग्नेछ । यसले ठुलो क्षति पुग्न सक्ने भन्दै भारतको गृह मन्त्रालयले शतर्कता अपनाइसकेको छ । चक्रवात पुग्ने समुन्द्र किनारका दशौं लाख मानिसलाई सुरक्षित क्षेत्रमा लग्न थालिएको छ ।
भारत कोरोना भाइरससँग जुधिरहँदा उद्दार कार्यमा अर्को चुनौती थपिएको छ । उद्धारका लागि ठुलो संख्यामा सुरक्षाकर्मी र स्वयंसेवकहरु परिचालन गरिसकिएको छ ।
यसैगरी चक्रवातको असर नेपालमा पनि पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल दक्षिण बंगालको खाडीको मध्य भागमा धेरै शक्तिशाली चक्रवातको रुपमा विकास भइसकेको छ । यसको प्रभावले मेघगर्जनसहित वर्षाको सम्भावना रहेको हो ।