एजेन्सी, ७ जेठ । रुस कोरोना भाइरस संक्रमित संख्या ३ लाख नाघ्ने दोस्रो देश बनेको छ । आज रुसमा कोरोना भाइरसको संक्रमित संख्या ३ लाख नाघेको हो ।
रुसी समाचार संस्था तासले त्यहाँको स्वास्थ्य मन्त्रालयको जानकारी उदृत गर्दै संक्रमित संख्या ३ लाख ८ हजार ७०५ पुगेको जनाएको छ । रुसमा संक्रमित संख्या निकै बढिरहेको छ । त्यहाँ नीको हुनेको संख्या पनि बढिरहेको छ ।
रुसमा संक्रमित बढेपति मृत्यु दर भने अन्य देशको तुलनामा कम छ । त्यहाँ हरेक दिन एक सय देखि २ सयको हाराहारीमा मानिसको संक्रमणबाट ज्यान जान थालेको छ । त्यहाँ कुल २९७२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यसैगरी, रुसमा बेरोजगारी बढेको छ । कोरोना भाइरसको रोकथामका कारण लकडाउनसँगै बेरोजगारी बढेको हो ।-Photo Source: TASS