Logo

नेपालको नक्सा स्वीकार नगर्ने भारतको प्रतिक्रियापछि डा. आचार्यको टिप्पणी : ‘..अब हामी दुवै ठीक ठाउँमा छौं’



काठमाडौं, ७ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले भारतले नेपालको अखण्डता र सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएका हुन् । नेपालले आज जारी गरेको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सालाई स्वीकार नगर्ने भनेर भारतले विरोध गरेपछि आचार्यले यस्तो टिप्पणी गरेका छन् ।

ट्विटरमार्फत आचार्यले लेखेका छन्-“भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा नेपालले जारी गरेको नक्साको बिरोध गर्दै भारतको अखण्डता र सार्वभौमिकताको सम्मान गर्न आग्रह गरिएको रहेछ।आखिर नेपाल र नेपालीले वर्षौ देखि भन्दै आएको कुरा पनि त यही हो।उसले हाम्रो अखण्डता र सार्वभौमिकताको सम्मान गरिदियोस। अब हामी दुवै ठीक ठाउँमा छौ।”

नेपालले आज अपरान्ह २ः३० बजे लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको अद्यावधिक नक्सा सार्वजनिक गरेको थियो । नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै आचार्यले सरकारलाई धन्यवादसमेत दिएका थिए । त्यतिमात्रै होईन, आचार्यले नेपालले नक्सा जारी गरेकोमा भारतले विरोध गर्नसक्ने कुरा दिउँसै आशंका गरेका थिए । उनले अपरान्ह पनि ट्विटरमा लेखेका थिए-“जवाफमा नाकाबन्दी अरू धेरै कुरा हुन सक्लान। परिणाम रूखोसुखो जे रहला, देशको कार्यकारी शक्तिले यतिकाम गर्ने पर्छ । नक्सा सार्वजनिक गरेकोमा सरकारलाई धन्यवाद् । अब यसको आधारमा सम्वाद र अरू प्रकृया अघि बढ्न सक्छ।”



प्रतिक्रिया दिनुहोस्