Logo

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी एक वर्षपछि पक्राउ



कास्की, ८ जेठ : जिल्ला प्रहरी कार्यालयले जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–२६ बरालडाँडा उपरचौर बस्ने वर्ष ४७ का शेरबहादुर राना भन्ने शेरबहादुर मगरलाई विसं २०७६ वैशाख १६ गते जवर्जस्ती करणी मुद्दामा जिल्ला अदालतले १० वर्ष कैद र पीडितलाई रु पाँच हजार क्षतिपूर्ति भराउने भनी फैसला गरेको थियो ।

अदालतको फैसलापछि फरार रहेका मगरलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा यही जेठ ६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

पक्राउ परेका मगरलाई प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला अदालत पठाएकामा अदालतको आदेशले कारागार चलान गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । रासस File photo



प्रतिक्रिया दिनुहोस्