Logo

सिमा नाकाबाट भित्रिनेको व्यवस्थापन फितलो, जोखिम उच्च



जेठ १०, काठमाण्डौ । भारतीय सीमा क्षेत्रमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने काम भइरहेको छ । तर सम्भावित कोरोनाको जोखिमबारे भने खासै ध्यान दिएको पाइएको छैन । भारतबाट नागरिक ल्याउँदा कोराना परिक्षण र क्वारेन्टाइनमा राखिनु पहिलो शर्त हो । तर आधारभूत कामसमेत हुन सकेको छैन ।

भारतबाट आएर सिमा क्षेत्रमा अलपत्र परेका डोटीका मजदुरहरुलाई उद्धार गरीएको छ । भारतका विभिन्न ठाउबाट आएर कैलालीको धनगढी स्थित गौरिफन्टा नाकामा रहेका जिल्लाका नागरिकलाइ डोटिका स्थानीय तहहरुले उद्धार गर्दै जिल्ला पु¥याउने गरेका छन् । उद्धार गरेर जिल्लाका बिभिन्न गाउपालिकामा बनाइएका क्वारेन्टाइनमा राखिएको छ । तर उनिहरुको कोरोना परिक्षण कहिले गर्ने भन्ने बिषय भने अझै टुङ्गो लाग्न सकेको छैन ।

भारतको विभिन्न ठाउबाट आएका बाराको सिमा क्षेत्रमा अलपत्र परेका नेपालीहरु चोरबाटो भएर नेपाल प्रवेश गरेका छन । जस्का कारण संक्रमणको जोखिम पनि बढेको छ । उता भारतबाट आउनेलाई समयमा नै क्वारेन्टाईनमा राख्ने व्यबस्था गर्न नसक्दा अलपत्र परेका नेपालीहरु सुरक्षा कर्मीलाई झुकाएर भाग्ने गरेका छन् ।

पछिल्ला केही दिन यता सुदूरपश्चिमका विभिन्न नाकाबाट गरि दैनिक पाँच हजारको सेरोफेरोमा भारतबाट नेपालीहरु भित्रिरहेका छन् । कैलालीको गौरिफण्टा भन्सार नाका भएर मात्र भारतबाट पाँच दिनदेखि दैनिक दुई हजारभन्दा बढीको संख्यामा नेपाली भित्रिरहेका छन् ।

यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट पछिल्ला पाँच दिन यता दैनिक १५ सय भन्दा बढी नेपाली नेपाल भित्रिएको तथ्यांक छ । यी बाहेक दार्चुला र बैतडीका नाकाबाट पनि दैनिक ४–५ सयको सेरोफेरोमा भारतबाट नेपालीहरु भित्रिरहेका स्थानीय प्रशासनले जानकारी दिएको छ । मुख्य नाका वाहेक अन्य नाकाहरुबाट पनि लुकिछिपी दैनिक ठूलो संख्यामा नेपालीहरु भित्रिरहेका छन् ।

बाँकेको जमुनाहा नाका भएर करिब तीनहजार नेपालीहरु नेपाल आएका छन् । जमुनाह नाकाबाट दैनिक करिव ३ हजार नेपाली नागरिकलाई नेपाल प्रवेश गराइएको छ ।
सिमामा अलपत्र परेका नागरिकलाई नेपाल प्रवेश गराउनुलाई साकारात्मक रुपमा लिन सकिन्छ । तर सम्पूर्ण तयारी नगरि, स्वास्थ्य परिक्षाण र उचित क्वेरन्टाइनको ब्यवस्था नगरि नेपाल प्रवेश गराएर सम्बन्धित जिल्ला पठाए पनी यसले झन बढी जोखिम बढाउदै गएको छ ।

लकडाउन गरेको र सिमा बन्द गरेको दुई महिन कटिसकेको अवस्थामा पनि उनिहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा यतिबेला सम्मा कुनै पनि कदम नचालिनुले नेपालमा कोरोनाको जोखिम बढिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्