काठमाडौं, जेठ ११ । मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एक जना हेटौंडाकी मुटुरोगीमा कोरोना संक्रमण प्रमाणित भएपछि संक्रमित बिरामीलाई त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको कोरोना आइसोलेसन सेन्टरमा सारिइसकेको छ ।
उपचारका क्रममा संक्रमितको सम्पर्कमा आएका डाक्टर नर्स तथा अन्य कर्मचारीलाई ट्रेसिङ गरी क्वारेन्टिनमा राख्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।
मुटुरोगको उपचारका लागि ६ दिनअघि मनमोहन कार्डियोमा भर्ना भएकी हेटौंडा–४ हुप्र मकवानपुर स्थायी घर भएकी ५४ वर्षीया महिलाको मनमोहनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको थियो । उहाँलाई हेटौंडा अस्पतालमा उपचार नभएपछि गंगालाल हृदय केन्द्रमा रिफर गरिएको र गंगालालले मनमोहन कार्डियोमा रिफर गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।