Logo

राष्ट्रिय सभा सदस्यले प्रयोग गर्दै आएको लोगोलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने



काठमाडौं, ११ जेठ । राष्ट्रिय सभाले राष्ट्रिय सभा सदस्यले प्रयोग गर्दै आएको लोगोलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ । आइतबार विहान सिंहदरबारमा बसेको कार्य व्यवस्थाले नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रिय सभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको हो ।

सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा बसेको राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले गरेका निर्णयहरु यस्ता छन् :

१. मिति २०७७ जेठ १२ गतेका लागि तोकिएको राष्ट्रिय सभा बैठक सो दिन मुस्लिम समुदायको महान पर्व ईदुल फित्र परेको र सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले नियमावलीअनुसार सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने।

२. नेपालको नक्सा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो ९प्रतीक० र राष्ट्रिय सभाका माननीय सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय भएको छ।साथै संघीय संसदका दुबै सदनमा माननीय सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने। राष्ट्रिय सभा नियमावली २०७५ को नियम २२१ बमोजिम माननीय सदस्यको पोशाक र संघीय संसदको प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस्