Logo

मनिषा कोइरालाको के छ हालखबर



काठमाडौ, जेठ ११ । बलिउड अभिनेत्री मनिषा कोइराला नेपालमा जन्मिएर भारतलाई कर्म भुमि बनाएकी एक चर्चित व्यक्तित्व हुन् । मनिषाले हिन्दी फिल्ममा अभिनय गर्नुको साथ–साथै युएनएफपीए सद्भावना राजदुत र सामाजिक कार्यकताको रुपमा पनि परिचित भइन् । राजनीतिक पृष्ठभुमिको परिवारमा जन्मिएकी उनी वि.पी कोइरालाको नातिनी हुन् । उनले बसन्त कन्या महाविद्यालय भी.के. एम. वाराणसीमा १० कक्षासम्म अध्ययन गरीन् । त्यसपछिको माध्यमिक तहको अध्ययनको लािग भने नयाँ दिल्ली पुगिन् ।

आफ्नो डाक्टर बन्ने चाहाना हुँदाहुदै पनि मोडलिंगतीर उनको रुची एकाएक तानिन थाल्यो । उनी कुशल नृत्यांगना पनि हुन् । अभिनयमा अब्बल मनिषाले तमिलको धेरै चलचित्रमा काम गर्दा गर्दै बलिउड फिल्ममा पनि प्रवेश गरीन्् ।

उनले अभिनय गरेको पहिलो बलिउड चलचित्र ‘सौदागर’ हो । सुवास घईले निर्देशित गरेको फिल्म सौदागरबाट उनी रातारात हिट भईन् । मन, अ लभ स्टोरी १९४२, दिल से, अग्नी साक्षी, खामोसी जस्ता चर्चित फिल्ममा अभिनय गरेकी मनिषा आफ्नो अभिनय क्षमताको कारण हिन्दी सिनेमा जगतमा उत्कृष्ट अभिनेत्रीको रुपमा परिचित भइन् । मनिषा अभिनेत्रीको साथै फिल्म निर्माता पनि भइन् । आफुले बनाएको ‘पैसा वसुल’ नामको फिल्ममा सुस्मिता सेनलाई लिड रोल गर्न दिइन् । उनले नेपाली फिल्म ‘फेरी भेटौला’मा (१९८९) मा अभिनय गरेकी थिइन् ।

उमेर ढल्किएपछि आफू भन्दा कान्छा नेपाली व्यवसायी सम्राट दाहालसँग विवाह वन्धनमा वाधिइन् तर दुखको कुरा मनिषा–सम्राटको विवाह भएको धेरै समय नहुदै सम्बन्धको अन्त्य भएको घोषणा गरे ।

२०१२ मा उनलाई क्यान्सरसँग जुध्नुप¥यो । अमेरीकाको लामो उपचार पश्चात उनलाई नयाँ जीवन प्राप्त भयो । क्यान्सर जस्तो रोगलाई जितेकी मनिषा स्वास्थ्य सम्बन्धि ज्ञान बाड्दै सामाजिक कार्यमा अग्रसर छिन् ।

उनै भारतीय चलचित्र उद्योग बलिउडमा ९० को दशकमा राज गरेकी नायिका मनिषाले नेपाल नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेट्ने नक्सा जारी गर्नेबारे मन्त्रिपरिषदले गरेको निर्णयबारे परराष्टमन्त्री प्रदीप ज्ञवालीले खुशी व्यक्त गरेर गरेको ट्विटलाई रिट्वट गर्दै गरेको टिप्पणीका कारण उनी भारतीय मिडियाको तारो बनीन् ।  तस्वीर–फेसबुक



प्रतिक्रिया दिनुहोस्