Logo

गरिबी साढे १६ प्रतिशत, प्रतिव्यक्ति आय १०८५



काठमाडौं, जेठ १४ । चालू आर्थिक वर्षमा नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १६.६ प्रतिशतमा झरेको छ भने प्रतिव्यक्ति आय १ हजार ८५ डलर पुगेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संसद्समक्ष पेस गरेको आर्थिक सर्वेक्षणमा गरिबी घटेको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७४÷७५ मा १८.७ प्रतिशत रहेको निरपेक्ष गरिबी चालू आर्थिक वर्षमा १६.६७ प्रतिशत रहने अनुमान अर्थमन्त्री डा खतिवडाको रहेको छ । गत वर्ष प्रतिव्यक्ति आय १ हजार ३४ डलर मात्र थियो ।

कोभिड–१९ का कारण यस वर्ष आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने सर्वेक्षण सरकारको छ । गत १७ वैशाखमा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको हो । सरकारले चालू आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८।५ प्रतिशतको लक्ष्य राखेको थियो ।

आव २०७५÷७६ मा नेपालको आर्थिक वृद्धि ६.७५ प्रतिशत भएको थियो । आव २०७४÷७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेखरहेको आजको राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्