Logo

संविधान संशोधन गर्ने प्रस्ताव प्रतिनिधिसभाको आजको कार्यसूचिबाट हटाईयो



काठमाडौं, १४ जेठ । आज दिउँसो २ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेश गर्ने भनिएको संविधान संशोधनको प्रस्ताव कार्यसूचिबाट हटेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची थियो । तर, संसद सचिवालयले आजको बैठकमा संविधान संशोधन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूचि हटेको जनाएको छ ।

नेपालको नक्शामा उल्लेखित अन्तर्राष्ट्रिय सिमानासँग सम्बन्धित निशाना छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको हो । उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गराउन सरकारले सबै दलसँग आग्रह गर्दै आएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्