जेठ १६, काठमाण्डौ । नेपाल भारत सीमा विवाद कसरी र कहिले समाधान हुन्छ भन्ने टुङ्गो छैन । तर विहिबार भारतले नेपालसँग रचनात्मक र सकारात्मक प्रयासद्धारा सीमा विवाद समाधान गर्न चाहेको संकेत दिएको छ । यही मौकामा नेपाल सरकारले थप पहल गर्नुपर्नेमा परराष्ट्रविद्हरुले जोड दिएका छन् ।
बिहीबार भारतीय विदेश मामला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो प्रस्ताव गरेका हुन् । छिमेकीहरूसँग पारिस्परिक संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको भन्दै श्रीवास्तवले सीमाको समस्या रचनात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेका छन् ।
बिहीबार श्रीवास्तवले पछिल्लो समय लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको विषयलाई लिएर नेपाल गम्भीर रूपमा प्रस्तुत नभएको भन्दै त्यसलाई भारतले नजिकबाट नियालिरहेको प्रतिक्रिया समेत दिए ।
पछिल्लो समय लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेत समेटेर नेपालले आफ्नो नक्सा जारी गरेपछि नक्सालाई एकतर्फी सार्वजनिक गरेको भन्दै अस्वीकार गर्ने प्रतिक्रिया दिएको भारतले अहिले रचनात्मक ढंगले सीमा विवादलाई समाधान गर्न प्रस्ताव गरेको हो ।
यो प्रस्तावले दुई देशबीच सीमा विवाद समाधानका लागि सकारात्मक संकेतको रुपमा कतिपयले बुझेका छन् भने कतिपयले भने भारतले नेपाल गम्भीर भएन भन्ने आरोप लगाउनुले समस्या थप जटिल बन्ने आशंका गरेका छन् । परराष्ट्रविद् डा. दिनेश भट्टराईले भारतले अतिक्रमित गरेको नेपालको भूमि फिर्ता ल्याउनका लागि नेपाल सरकार गम्भीर र संयमित बन्न सुझाब दिएका छन् ।
भारतले नेपाली भुमी समेटेर आफ्नो नक्सा सार्वजनिक गरेपछी नेपाल सरकारले त्यस बिषयमा बार्ताको लागि पहल गर्दा भारत सरकारले खासै ध्यान दिएन । त्यसको कारीब ६ महिना पछी नेपाल सरकारले पनि ति भुभाग समेटेर आफ्नो नक्सा सर्वजनिक ग¥यो ।
सार्वजनिक गरिएको नक्साकै लागि भनेर संबिधान संसोधन गर्ने प्रकृयामा नेपाल सरकार अगाडि बढेपछी भने भारत सरकार केही लचक देखिएको कतिपयको बुझाई छ ।