एजेन्सी १७ जेठ । मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मोहम्मदले आफूसहित चार सदस्यहरुलाई पार्टीबाट निष्काशन गरिएपछि कडा चुनौती दिएका छन् । उनले निष्काशन गर्न नमिल्ने भन्दै चुनौती दिएका हुन् ।
महाथिर र उनका छोरासहित दूई सदस्यलाई विहिबार पार्टीले निष्कासन गरेको थियो । कुनै ठोस कारण विना निकालेको महाथिरले दाबी गरेका छन् । उक्त निर्णय पाटीको हितमा नरहेको र लामो समयसम्म निर्णयले असर पुर्याउन सक्ने चेतावनी समेत दिएका छन् ।
पार्टी फेब्रअरीदेखि दूई भागमा विभाजित थियो । दूई पटक प्रधानमन्त्री बनेका महाथिरमाथि विपक्षीसंग अर्का ब्लकमा बसेको आरोप लागेको कारण उनलाई निष्कासन गर्ने निर्णय पार्टीले गरेको जनाएको छ । महाथिरसंग अझ पनि बहुमत रहेको र पार्टीबाट निकासन गर्न चुनौतीपूर्ण रहेको महाथिरले जनाएका छन् । बर्सातू पार्टी सित न्यायसम्मत लड्ने उनीहरुको प्रतिबद्वता रहेको छ ।
पार्टीद्वारा जारी निकाष्कासन पत्रमा महाथिर भन्दा मुनिका अधिकारीले हस्ताक्षर गरेको र उनीहरुलाई हस्ताक्षर गर्न कुनै अधिकार नरहेको महाथिरले स्पष्ट पारेको छन् । बर्सातु पार्टीको सुरुवात सन् २०१६ मा भएको थियो । महाथिर पार्टीका संस्थापक सदस्य समेत हुन् ।