काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ । अपरान्ह १ बजेबाट सुरु भएको बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्नेबारे निर्णय हुने बुझिएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा संविधान संशोधन प्रस्ताव पेश हुँदैछ । जेठ १३ गतेकै बैठकमा उक्त संशोधनसम्बन्धी प्रस्ताव संसदको कार्यसुचिमा परेको थियो ।
तर, बैठक सुरु हुनुअघि मात्रै उक्त ्रप्रस्ताव कार्यसूचिबाट हटाईएको थियो । कांग्रेसले समय माग गरेपछि प्रस्ताव कार्यसुचिबाछट हटाईएको कानूनमन्त्रीको भनाई थियो । तर, कांग्रेस नेताहरुले भने आफू उक्त प्रस्तावको पक्षमा उभिएकोले कार्यसूचिबाट प्रस्ताव हटाउन आफूहरुले भनेको जिकिर गरेका छन् । स्रोतकाअनुसार जारी केन्द्रिय कार्यसमिति बैठकमा संशोधन प्रस्तावको पक्षमा प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिन जारी केन्द्रीय समिति बैठकमा प्रस्ताव आएको छ। file photo