Logo

दैलेख र बाजुरामा मृत्यु भएकामा कोरोना संक्रमण पुष्टि, कोरोनाबाट कुल मृत्यु ८



काठमाडौं, १८ जेठ । देशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाजुराकी २ वर्षीया बालिका र दैलेखका ३५ वर्षीय पुरुषको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि गरेका हुन् ।

देवकोटाले नियमित पत्रकार सम्मेलनमा आज जानकारी दिए अनुसार बाजुरामा मृत्यु हुने २ वर्षीया बालिका परिवारसँग ८ दिनअघि भारतबाट आएको जानकारी दिए । बालिका बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा थिइन् ।

भारतबाट आएको ८ दिनमै छोरीको मृत्युले बाबुआमा पीडामा परेका छन् । आमालाई पनि कोरोना पुष्टि भएको छ ।

१७ जेठमा मृत्यु भएका दैलेख दुल्लु नगरपालिका घर भएका ३५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुल्लुस्थित पटांगिनी बजारको क्वारेन्टाइनमा रहेका उनी एक्कासी ढलेको र केही समयपछि मृत्यु भएको थियो । डा. देवकोटाले उनको मृत्यु कोरोना भाइरसबाट भएको पुष्टि गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्