Logo

कोरोना संक्रमित दुई वर्षिया बालिकाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि



काठमाडौं १८ जेठ : कोरोना भाइरसको संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ। बाजुराकी दुई वर्षिया बालिकाको आइतबार बिहान २:३० बजे मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित बिफ्रिङमार्फत जानकारी दिएका छन् ।

बालिकाको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको जनाइएको छ । संक्रमित बालिकालाई ज्वरो, श्वासप्रस्वासको समस्या र पखला देखिएपछि बाजुरा अस्पतालमा १५ गते भर्ना गरिएको थियो। उनको बाजुरा जल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमण देखिएका ८ जनाको मृत्यु भएको छ। त्येसैगरी नेपालमा १ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये २२० जना उपचारपछि निको भै घर फर्केका छन्।File Photo



प्रतिक्रिया दिनुहोस्