काठमाडौँ, २० जेठ । एचआइभी एड्सबाट सङ्क्रमित बालबालिकालाई आश्रय दिँदै आएको सितापाइलास्थित ‘पुनर्वल पलस’ नामक सामाजिक संस्थालाई राहत वितरण गरिएको छ । साउण्ड अफ हिमालय नामक संस्थाले राहतस्वरुप चामल, दाल, बिस्कुट, चाउचाउ, चना, नुन, तेललगायत खाद्यसामग्री उपलब्ध गराएको छ ।
कोभिड–१९ का कारण अप्ठेरामा परेका बालबालिकाको अवस्था बुुझेर उक्त संस्थाका प्रतिनिधिले सम्बन्धित पक्षलाई प्रत्यक्ष भेट गरी ‘पुनर्वल पलस’ का सञ्चालक महेश श्रेष्ठलाई ती सामग्री प्रदान गरेको हो । उक्त संस्थामा विभिन्न जिल्लाबाट आएका ३५ बालबालिका छन् । उनीहरुलाई खान बस्न तथा पढनका लागि समेत आफ्नो संस्थाले सहयोग गर्दै आएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
बौद्ध गुरु कर्मा धिनवपले व्यक्तिगत खर्च गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका दीन, दुःखी तथा असाहय नागरिकलाई राहत सामग्री उपलब्ध गराइएको कार्यक्रमका संयोजक सुवोधप्रसाद प्रधानले जानकारी दिए ।
गत चैत १७ गते कामपाको बैठकले राहत वितरण गर्ने निर्णय गरी प्रत्येक वडामा राहत वितरणका लागि समिति गठन गरेको भ पनि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारको पहिचानमा वैज्ञानिक प्रणाली कार्यन्वयन हुन नसकेका कारण विपन्न परिवारबाट वितरण प्रणाली पारदर्शी नभएको गुनासो आएको छ ।
आर्थिक अवस्था कमजोर भएका त्यस क्षेत्रको मानिसको सहजताका लागि सार्वजनिक स्थानमा निःशुल्क भोजन समेत उपलब्ध गराएको छ । पाँच वर्ष अगाडि गएको भूकम्पका समयमा पनि विभिन्न जिल्लामा सहयोग उपलब्ध गराएको समाजसेवी केदारमान सिंहले बताए ।