काठमाडौं, २१ जेठ । राप्रपाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले पछिल्लो समय नेपाली राजनीतिमा विदेशी एसेटको चलखेल व्यापक भएको र अहिले ठिक र बेठिक छुट्याउनपनि कठिन भएको टिप्पणी गरेका छन् । बुधबार विहानै थापाले सामाजिक सञ्जाल टिव्टरमार्फत यस्तो गम्भिर विषय उठान गरेका हुन् ।
उनले टिवटर्मा लेखेका छन्,’नेपाली राजनीतिमा बिदेशी ‘एसेट’को चलखेल यति व्यापक छकि ठिक/बेठिक छुट्याउन पनि कठिन भएको छ।BRI,MCC,संबिधान संसोधन, धर्मनिरपेक्षता,संघियता,गणतन्त्र त्यसका ज्वलन्त उदाहरण हुन्।जनताले पार्टी कार्यकर्ता भन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने होभने भविष्य अझै कहालीलाग्दो हुन्छ । ‘
त्यस्तै, उनले उनले मुलुक फेरि २००७ साल अघि र लगत्तकैपछिको जस्तै राष्ट्रिय स्वाभिमानरस्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिएको पनि खतरा औंल्याए । उनले अघि भनेका छन्,’घुमिफिरी फेरि ०७ साल अघि र लगत्तै पछिको जस्तै राष्ट्रिय स्वाभिमान/स्वतन्त्रता बन्धकमा पर्ने खतरा देखिन्छ।राजा महेन्द्र,राजा बीरेन्द्र,बिपी,टंकप्रसाद आदिले बुद्धिमत्तापूर्ण ढंगबाट कायम गरेको स्वतन्त्र अस्तित्व र पहिचानमाथि संकटको कालो बादल मडारिन थालेको छ।समयमा सचेत बनौं।’