Logo

चीनद्वारा विश्व व्यवस्थाको नेतृत्व गर्ने संकेत, सी विश्वभर लोकप्रीय बन्ने प्रयासमा



कोरोना भाइरसको महामारीले विश्व अर्थव्यवस्थामा मात्र नभई शक्ति सन्तुलनमा पनि फेरबदल आउने आँकलनहरु गरिएको छ । अमेरिकालगायत पश्चिमा देशहरुको शक्ति क्षय र एशियाको उदयसँगै चीन प्रभावशाली हुने आँकलन गरिएको छ । यही सन्दर्भमा चीनले विश्व व्यवस्थाको नेतृत्व लिने संकेत गरेको विषय बाहिर आएको छ ।

१७ फेब्रुअरीमा चिनियाँ राष्ट्रपति सि जिनपिङले बेइजिङमा भएको राष्ट्रिय सुरक्षा सेमिनारमा चीनले अन्तर्राष्ट्रिय समुदायको नेतृत्व लिनुपर्ने उल्लेख गरेको फाइनान्स याहुले लेखेको छ । चिनियाँ राष्ट्रपति सी जीन पिङले पहिलो पटक नयाँ विश्व व्यवस्था ‘न्यू वल्र्ड अर्डर’ र अन्तराष्ट्रिय सुरक्षा संरक्षणको नेतृत्व गर्ने सकेत दिएका थिए । यसलाई निकै अर्थपूर्ण मानिएको छ ।

सी विश्व कै नायकको रुपमा प्रस्तुत भइरहेको दाबी सहित विश्लेषण गरिएको । चीनले नयाँ विश्व व्यवस्थालाई निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विषय उल्लेख छ ।

विश्व अर्थ व्यवस्थालाई निर्माण गर्न नीति प्रति अमेरिका र डोनाल्ड ट्रम्पको चासो कम हुँदै गएको कारण अन्राष्ट्रिय सुरक्षा संरक्षण र नयाँ विश्व व्यवस्थाको नेतृत्व गर्ने सक्ने चिनियाँ सञ्चारमाध्यममा उल्लेख छ । हालै विश्वमा बहु ध्रुवीकरण, आर्थिक भूूमण्डलीकरण र अन्तराष्ट्रिय सम्बन्धको लोकतान्त्रीक अभ्यास अपरिवर्तित रहेपनि सीले उक्त कदमको निर्माण गरी सम्पूर्ण विश्वलाई एक बनाउन तीब्र रुपमा कार्य गर्ने सक्ने दाबी गरिएको छ ।

सी र ट्रम्पको विचार धारा विल्कुलै फरक रहेको छ । ट्रम्प सत्तामा अएदेखि चीनको अर्थतन्त्र अझ मजबुत भएको भनिएको छ । त्यसकारण चीनको अर्थतन्त्रलाई ढाल्न खोजेको अमेरिकी प्रयासलाई चीनले सदैव विकल्प खाजी उक्त नितीलाई परास्त गर्न सफल भएको चीनियाँ भनाई छ । चीन विश्वसंग सम्बन्ध नराखोस् भन्ने नीतिका कारण ट्रमले ट्रान्स प्यासिफिक निती अन्तरगतको सम्झौता चीन सित तोडे । चीनले भने अरु देशसंगको सम्बन्धलाई कायम राख्न आर्थिक साझेदारीको रुपमा प्रस्तुत भएको भनेको छ ।

सम्पूर्ण सीमा बन्द गर्न खोजे तर विश्व आर्थिक सम्मेलनमा चीनले बोर्डर निती प्रति ट्रम्पलाई नै समावेश नगरी नीति जारी गरे । चीनलाई बारम्बार ट्रम्पले आरोप लगाइरहेको देखिन्छ । यस आरोपले ट्रम्पको लोकप्रियता खक्सिदैँ गएको देखिन्छ । यसकारण विश्वका कतिपय देशको जनतामाझ चीनप्रतिको लाकप्रियता बढ्दै गएको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन् । ट्रम्पले बारम्बार आफ्ना नागरिकलाई चीन हाम्रो दुश्मन हो भन्दै गरेका छन् भने चीन विश्व प्रति आफ्नो निती स्पष्ट रहेको र पूर्ण बाफादार भएको राष्ट्रपति सीले चिनियाँ सञ्चार माध्यममा जनाएका छन् ।

सी विश्वको लोकप्रिय नेताका रुपमा आएको चिनियाँ सञ्चारमाध्यमले भनेका छन् । कोरोना भाइरसका कारण उत्पन्न महामारीमा समेत सम्पूर्ण देशलाई मद्दत गर्न अग्रसर देखिएको भनिएको छ । यसले विश्वमा सी प्रतिको धारणा साकारात्मक देखिएको उल्लेख छ ।-एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्