काठमाडौं, २३ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले रुकुमपश्चिममा भएको घटनाको छानविन गर्न संसदीय समिति गठन भएको जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको सभामुख सापकोटाले दलहरुसँगको परामर्शमा समितिमा रहने सदस्यहरु तय गर्ने बताए ।
यसअघि बैठकमा सांसदहरुले उच्चस्तरीय समिति गठन नभए संसद अवरोध गर्ने चेतावनी दिएका थिए । संसदको कार्यसञ्चालन नियमावली-२०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने सभामुख सापकोटाले जानकारी दिए ।