क्यान्सरका बिरामी र यसका पुराना पीडितहरुमा कोभिड–१९ भाइरसको संक्रमणबाट हुने मृत्युको खतरा २८ प्रतिशत रहेको बताइएको छ । अमेरिका, बेलायत, स्पेन र क्यानडाको रिपोर्टमा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।
बेलायतमा अलग–अलग क्यान्सरका ८०० जना बिरामीमा अनुसन्धान गरिएको थियो, जो कोरोना संक्रमित थिए । उनीहरुमा मृत्युको दर २८ प्रतिशत देखियो । त्यसमा यस्ता वृद्धवृद्धाहरु पनि थिए, जो उच्च रक्तचाप र अन्य समस्याहरुबाट पनि ग्रसित थिए । उनीहरुमा मृत्युको खतरा अधिक देखिएको थियो ।
लेन्सेट जर्नलमा प्रकाशित अर्काे एउटा अनुसन्धानका अनुसार, ९२८ क्यान्सरका बिरामीहरुमा कोभिड–१९ को संक्रमण भएकोमा उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो । तीमध्ये १३ प्रतिशत बिरामीहरुको मृत्यु भयो । यो तथ्यांक कोरोनाबाट भइरहेको सामान्य मानिसहरुको मृत्युको दरभन्दा अधिक धेरै हो ।
अमेरिकाको भेन्डरबिल्ट यूनिभर्सिटीकी डाटा साइन्टिस्ट डा.जेरेम वार्नरका अनुसार, अनुसन्धानको नतिजाले कयौँ अस्पतालले क्यान्सरका बिरामीहरुमा जरुरी सावधानी अपनाउन अर्थात् बिरामीहरुको हेरचाहमा पनि परिवर्तन गराएको छ ।
पहिलेदेखि नै क्यान्सरको उपचार गराइरहेका बिरामीहरुलाई कोरोनाको यस समयमा अधिक हेरचाहको आवश्यकता रहेको भन्दै उनीहरुको पछिल्लो समय अधिक हेरचाह भइरहेको बताइएको छ ।मेरोलागानी