काठमाडौं, जेठ २६ । स्वास्थ्य मन्त्रालयले दुई सातायता स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, मन्त्रालयका प्रवक्तालगायत आधा दर्जनभन्दा बढी विशिष्ट श्रेणीका कर्मचारीको सरुवा गरेको छ। सचिव यादव कोइराला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगे। उनको ठाउँमा सचिव लक्ष्मण अर्याललाई ल्याइयो।
विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई छाउनस्थित कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरमा गत शुक्रबारदेखि काजमा खटाइयो। उनको ठाउँमा मन्त्रालयका डा। दीपेन्द्ररमण सिंहलाई पठाइयो। व्यवस्थापन महाशाखाका भोगेन्द डोटेललाई हटाएर डा। रमेश खरेललाई ल्यायो। प्रवक्ता डा। विकास देवकोटालाई सरुवा गरेर डा। जागेश्वर गौतमलाई ल्याइयो। परोपकार तथा प्रसूति गृहमा डा। संगीता कौशललाई सरुवा गरियो।
मन्त्रालयका एक अधिकारी कोरोना भाइरसको संक्रमण बढ्दै गएको बेला नेतृत्वले कमजोरी ढाकछोप गर्न कर्मचारीको सरुवा गरेको बताउँछन्।अन्नपूर्ण पोष्ट् दैनिकमा खवर छ ।