काठमाडौं, जेठ २६। नेपाली काँग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले सरकारले बजेटमा राखेका धेरै कार्यक्रमहरुमा माफीयासँग साँठगाँठ गरेको आरोप लगाएका छन्।
जनतालाई घाटा हुने र केही माफियाहरुलाई करोडौँ फाईदा हुनेगरी बजेटमा धेरै कार्यक्रमहरु नियोतिज रुपमा राखिएको उनको भनाई छ ।उनले विद्युतका सवारी साधनमा कर बृद्धि गर्नु, चक्लेटमा नगर्नु, कितावमा कर बढाउनुलगायतका धेरै उदाहरण दिन सकिने डा भण्डारीले बताए।
नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा पत्रकार ऋषि धमलासंग उनले भने, “सरकार बजेटमा चुक्यो, कोरोना विद्धरुको लडाईमा पनि चुक्यो, गर्न सकिने धेरै काम हुदा हुदै पनि गरेन ।”
केन्द्रीय सरकारले आफुले काम गर्न नसकेपनि स्थानीय सरकारलाई समेत सहयोग नगरेको उनले बताए । कोरोना विरुद्धका लागि पर्याप्त समय हुदा हुदै पनि सरकारले तयारी नगरेको र समय त्यसै खेर फालेको नेता भण्डारीको भनाई छ।
किसानहरुले भोगेको समस्या, जनताले भोगेको अभाव र महंगी, उद्योगी व्यवसायीको आर्थिक संकटलागयतका विषयमा सरकारले कुनै चासो नदिनु दुखद भएको उनको धारणा छ ।