स्याङजा, जेठ २६ । जिल्लास्थित गल्याङ नगरपालिकाका स्वास्थ्यशाखा प्रमुख लिलाबल्लभ भण्डारी झुण्डिएको अवस्थामा फेला परेका छन् । आइतबार बिहानदेखि सम्पर्कविहीन रहेका भण्डारी बेलुका आफ्नै घर नजिकै झुण्डिएको अवस्थामा फेला परेका थिए ।
मृतक गल्याङ नगरपालिका वडा नम्बर(२, बटुवाका भण्डारीको शवलाई पोष्टमार्टमका लागि ग्रहौं प्राथमिक अस्पताल वालिङमा राखिएको छ ।